संविधान दिवसमा ४२१ विभूषित गरिँदै, नेकपाका संस्थापक नेता पुष्पलाललाई मरणोपरान्त नेपाल रत्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संविधान दिवसमा ४२१ विभूषित गरिँदै, नेकपाका संस्थापक नेता पुष्पलाललाई मरणोपरान्त नेपाल रत्न


३ आश्विन २०७५, बुधबार


काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले ४ सय २१ जनालाई विभूषित गर्ने भएको छ । विभिन्न पेशा तथा व्यवसाय आवद्ध व्यक्तित्वहरूलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने परम्पराअनुरूप सरकारले उनीहरूलाई विभूषित गर्न लागेको हो ।

विभूषणका लागि छनोट भएका व्यक्तिहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज विभूषित गर्नेछिन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई सबैभन्दा ठूलो पदक नेपाल रत्न मरणोपरान्त प्रदान गरिएको छ ।

महाउज्जवल राष्ट्रदीप (प्रथम श्रेणी) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ । यही मानपदवी संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले पनि पाएका छन् ।

सुप्रसिद्ध प्रवल जनसेवाश्री पाउनेमा हालै प्रधानन्यायाधीशमा नियुक्त ओमप्रकाश मिश्र छन् । उज्जवल कृतिमय राष्ट्रदीप पाउनेमा इतिहासकार तथा समाजशास्त्री डा. बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरुङ छन् ।

प्रवल जनसेवाश्री (चतुर्थ श्रेणी)बाट सबैभन्दा बढी १६२ जना विभूषित हुने भएका छन् । यसमा युवा क्रिकेटर सन्दीप लामिछानेसमेत परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस