‘भूगोलका कारण’ नेपाल र भुटान भारतबाट अलग हुन सक्दैन : भारतीय सेना प्रमुख « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘भूगोलका कारण’ नेपाल र भुटान भारतबाट अलग हुन सक्दैन : भारतीय सेना प्रमुख


१ आश्विन २०७५, सोमबार


काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावतले ‘भूगोलका कारण’ नेपाल र भुटान भारतबाट अलग हुन नसक्ने बताएका छन् ।

भारतको पुनेमा सम्पन्न बिम्स्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासपछि सञ्चारमन्त्रीहरूसँग यस्तो दाबी गरेको इण्डियन एक्सप्रेस डट कमले लेखेको छ । यी दुई राष्ट्र चीनसँग ढल्कन नसक्ने समेत उनको दाबी छ ।

‘नेपाल र भुटानजस्ता देश भारतसँग प्राकृतिक रूपमा पनि ढल्किएका छन्,’ उनले भनेका छन् ।

बिम्स्टेकका सात सदस्य राष्ट्रहरूमध्ये भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेशका सैनिकहरूले सैन्य अभ्यासमा भाग लिएका थिए भने नेपाल र थाइल्यान्डले पर्यवेक्षक पठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस