चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा ३ जनाको नाम सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा ३ जनाको नाम सिफारिस


१ आश्विन २०७५, सोमबार


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित समितिले छनोटमा परेका ६ जनामध्ये कार्य योजना प्रस्तुतिमा उत्कृष्ट रहेका ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। समितिको सदस्यमा सुशिलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य रहेका छन् ।

समितिको सोमबार बसेको बैठकले पहिलो नम्बरमा डा. डिएन शाह, दोस्रोमा डा. ढुण्डी पौडेल र तेस्रो नम्बरमा डा. अजित रायमाझीको नाम सिफारिस गरेको हो । उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये प्रारम्भमा ६ जना छनोट भएका थिए ।

प्रतिष्ठानको सह कुलपति स्वास्थ्य मन्त्री उपेन्द्र यादवले कुलपति तथा प्रधानमन्त्रीलाई उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्नेछन् र उक्त सिफारिसका आधारमा प्रधामनमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस