निर्मला बलात्कार–हत्या प्रकरण : घटना ढाकछोप गर्न नखोजेको प्रधानमन्त्रीको स्पष्टीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्मला बलात्कार–हत्या प्रकरण : घटना ढाकछोप गर्न नखोजेको प्रधानमन्त्रीको स्पष्टीकरण


१ आश्विन २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना ढाकछोप गर्न नखोजिएको स्पष्टीकरण दिएका छन् ।

दोषीको खोजी गरी कारवाहीको माग गर्र्दै ज्ञापन पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमालाई उनले स्पष्टीकरण दिएका हुन् । उनीहरू अधिकारकर्मीसहित बालुवाटर पुगेका थिए ।

त्यसअघि निर्मलाकी आमा दुर्गादेवीले आफूहरूले कहिले न्याय पाउनेबारे प्रश्न गरेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री ओलीले घटनामा संलग्नहरूलाई कारबाही गर्न टोली खटाएको बताएका थिए । उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’

प्रतिक्रिया दिनुहोस