प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ


१ आश्विन २०७५, सोमबार


पक्राउ

कञ्चनपुर । प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका – ८ पचुई खप्टे नालाबाट भारतीय नोटसहित भारतीय नागरिक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रतिबन्धित नोटसहित पक्राउ गरेको हो ।

पक्राउ गरिएका सिंहको साथबाट ५०० दरका नोट बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस