निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै नेविसंघ आन्दोलित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै नेविसंघ आन्दोलित


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

‘सरकार ! बलात्कारी र हत्यारालाई संरक्षण किन ?’ भन्ने मुल नाराका साथ सोमबार दिउसो २ः३० बजे काठमाडौंको प्रदर्शनी मार्गमा विरोध सभाको आयोजना गरिने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए । उनले बर्तमान सरकार बलात्कारीलाई बचाउन तर्फ केन्द्रीत भएको आरोप लगाउँदै निर्मलाको न्यायका लागि सडकमा उत्रिनु पर्ने अवस्थाको सिर्जना भएको बताए ।

बर्तमान सरकारले देशमा शान्ति, सुशासन स्थापना गर्नमा सामान्य भूमिका समेत निर्वाह गर्न नसकेको महरको आरोप छ । निर्मलाका बाबु आमा न्यायको खोजीमा सिंहदरबारकै ढोकामा आयर भौतारीनु र अपराधी खुलेआम छाति खोलेर हिड्ने अवस्था सिर्जना हुनु भनेको देश र जनताको लागि निकै चिन्ताको विषय भएको महरको धारणा छ ।

उनले चाडो भन्दा चाडो दोषि पत्ता नलगाय व्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस