चलचित्र ‘सायाबुङ’ शनिबार काठमाडौंमा प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘सायाबुङ’ शनिबार काठमाडौंमा प्रदर्शन


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल) को भव्य प्रदर्शन भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा शनिबार विशेष प्रदर्शनी भएको हो ।

द ह्वाइट फेसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवश राईले फिल्म निर्माण टिमलाई बधाई दिए । प्रिमियर शो उद्घाटन गर्दै उनले यस्तो फिल्मको निर्माणले संस्कृतीको संरक्षणमा ठूलो योगदान पुग्ने पनि बताए ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा संघीय सांसद सुदन किरातीले संस्कृती संरक्षण तथा पहिचानको आन्दोलनमा चलचित्र क्षेत्रको पनि ठूलो भूमिका रहेको बताए ।

हलमा दर्शकको ठूलो उपस्थितिले थप काम गर्ने जाँगर आएको मात्र नभएर गर्व महसुस भएको निर्मात्री साया राईले बताइन । द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई सँस्कृतिमा आधारित रहेको छ । चलचित्रले किरातीहरुको परम्परागत मूल्य, मान्यता, प्रेम तथा विवाह जस्ता संस्कारहरु समेत समेटिएको छ । चलचित्रको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि चलचित्र नेपाली भाषामा रहेको छ ।

पूर्वी नेपालको उच्च पहाडी भेगमा रहेको चौरी गोठ पालनको संस्कृतीलाई पनि चलचित्रमा समेटिएको छ । बस्ती भन्दा धेरै टाढा गोठ पालन गरी बस्ने युवा र बस्तीमा रहेकी युवती बीच झागिएको प्रेम वरिपरि फिल्मको कथा घुमेको छ ।

चलचित्रको छायाँङ्कन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ । सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको यस चलचित्र साया राईले निर्माण गरेका हुन । भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रहेको छ । देबजंग थापाले सम्पादन गरेका छन् । चलचित्रमा दिपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको गीत समेटिएको छ ।

काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, इलाम, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक भगीराज राईले बताए । त्यसैगरी भारतको दार्जी्लिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने मिति तय भइसकेको राईले जनाए ।

प्रतिक्रिया दिनुहोस