वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वस्तुगत प्रश्नोत्तर


३० भाद्र २०७५, शनिबार


वस्तुगत प्रश्नोत्तर

१. शिक्षक सेवा आयोग नियमावली २०५७ मा शिक्षकलाई बढुवाको लागि सिफारिस गर्दा नोकरीको जेष्ठता बापत कति अङ्क दिइने व्यवस्था गरिएको छ ?
३५

२. सामुदायिक विद्यालयको नाममा रहेका सम्पत्ति व्यवस्थापन र संरक्षण गर्ने समितिको अध्यक्ष हुने व्यवस्था छ ?
प्रमुख जिल्ला अधिकारी

३. नेपालको संविधान २०७२ अनुसार अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कति तहसम्म निःशुल्क शिक्षा पाउने हकको व्यवस्था गरिएको ?
उच्च शिक्षा

४. नेपालको संविधान २०७२ अनुसार मातृभाषामा शिक्षा पाउने हक कुन धारामा उल्लेख गरिएको छ ?
धारा ३१

५.बालकले सामाजिक अभिरुचि केमा ल्याउँछ ?
किशोरावस्था

६.परिपक्कता सँगै अङ्ग-प्रत्यङ्ग हरूमा काम गर्ने क्षमता र माता मा आउने परिवर्तनलाई के भनिन्छ ?
गुणात्मक परिवर्तन

७.समस्यामा आधारित सिकाइले नसमेट्ने पक्ष कुन हो ?
समस्या निर्धारण

८.घटना अध्ययनसम्बन्धी सामग्रीको प्रयोग सर्वप्रथम कसले गरेका थिए ?
पी भी युङ्

९.भावनात्मक भन्दा ज्ञानात्मक तथा सिपमूलक क्षेत्रलाई बढी जोड दिने शिक्षण विधि कुन हो ?
विद्यार्थी केन्द्रित शिक्षण विधि

१०.कमजोर सिकाइ उपलब्धि भएका सिकार लागि समन्विता कुन शिक्षण विधिको प्रयोग गरिएको हुन्छ ?
उपचारात्मक

११.शैक्षणिक क्रियाकलाप अन्तर्गत को सहकार्यमा समूह भूमिका निर्वाह गर्ने तीन व्यक्तिको हुन् ?
समन्वयकर्ता प्रस्तुत कर्ता टिप्पणी कर्ता

१२.कुडर रिचार्ड्सन विधि प्रयोग गरेर के पत्ता लगाउन सकिन्छ ?
विश्वसनीयता

१३.पाठ्यक्रम शैक्षिक कार्यको योजना हो यो भनाइ कसको हो ?
हिल्डा टावा

१४.उच्च शिक्षा नीति २०७२ को मुख्य उद्देश्य कुन हो ?
योग्य दक्ष अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धान मुखी मानव संसाधन विकास गर्ने

१५.विद्यालय जान नपाउने र बिचैमा विद्यालय छोड्ने हरूलाई विद्यालय शिक्षाको अवसर केले सुनिश्चित गर्दछ ?
अनौपचारिक शिक्षा नीति २०६३

१६.सक्रिय सुनाई दोहोरो सञ्चार बोधगम्य भाषाको प्रयोग गर्ने विषय कस्तो शिक्षक सक्षमता सँग सम्बन्धित छ ?
सीपमा आधारित

१७.विद्यालयलाई बाल मैत्री बनाउन विद्यालयमा शिक्षकको हाजिर न्यूनतम कति प्रतिशत हुनुपर्ने सूचक निर्धारण गरिएको छ ?
न्यूनतम ९२ अपेक्षित १००

१८.विद्यालय क्षेत्र विकास योजनाको दूर दृष्टि कुन हो ?
-सामाजिक आर्थिक रूपान्तरणको लागि स्वलम्बी प्रतिस्पर्धी प्रवर्तनात्मक मूल्य उन्मुख नागरिक विकास गर्नु

१९.उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०५५ को प्रतिवेदनले प्रवीणता प्रमाणपत्र तहलाई विश्वविद्यालयबाट कहिलेसम्म विस्थापन गर्नुपर्ने सुझाव दिएको थियो ?
२०६०

२०.विश्वविद्यालय अनुदान आयोगको स्थापना गर्ने सुझाव कसले दिएको थियो ?
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९

२१.शिक्षण अध्यापन अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने सिफारिस शिक्षासम्बन्धी कसको प्रतिवेदनले गरेको थियो ?
२०५८

२२.तालिम नीति २०६२ अनुसार परीक्षार्थीले हासिल गरेको उपलब्धि को मूल्याङ्कनको लागि कस्तो प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख छ ?
निरन्तर मूल्याङ्कन

२३.शिक्षासम्बन्धी नीति निर्धारण गर्ने विषयमा नेपाल सरकारलाई सल्लाह सुझाव दिने राष्ट्रिय शिक्षा परिषद्को सदस्यसचिवको हुने व्यवस्था छ ?
शिक्षा मन्त्रालयको योजना महाशाखाको सहसचिव

२४.नेपालमा प्राथमिक शिक्षा निःशुल्क घोषणा कहिले भयो ?
२०३१ फागुन १२

२५.मानवीय मूल्य मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्द्धनको लागि सचेत नागरिकको जिम्मेवारी वहन सम्बन्धी सक्षमता कुन तहको लागि निर्धारण गरिएको छ ?
माध्यमिक तह

२६.श्रमप्रति श्रेय कर्मठता इमान्दारिता विनम्र परिश्रमी र सादा जीवनका लागि प्रस्थान गर्नु कुन देशको प्राथमिक शिक्षाको उद्देश्य हो ?
जापान

२७.छिमेकी राष्ट्र भारतको शिक्षाको संरचना कस्तो छ ?
प्राथमिक माध्यमिक उच्च माध्यमिक उच्च तह

२८.राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम ले निर्धारण गरेको पढाइ सीप को क्रम कुन हो ?
ध्वनि सचेतीकरण लेख्य वर्ण पठन प्रवाह शब्दभण्डारमा बोध र लेखाइ

२९.आर्थिक वर्ष २०७४-७५ देखि प्राविधिक विषयमा कति तह पूरा गरेका युवाहरूलाई राष्ट्रिय स्वयंसेवकको रूपमा पाइने व्यवस्था छ ?
स्नातक तह उत्रिण

३०.माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा मा अक्षराङ्क पद्धति लाई कति भागमा वर्गीकरण गरेको छ ?

३१.शिक्षा क्षेत्रमा पाठ्यक्रम परिमार्जनको प्रमुख आवश्यकता के ले निर्धारण गर्दछ ?
नयाँ ज्ञानको छनोट र समावेश गर्नु पर्ने कारण

३२.दैनिक परियोजना मुख्य अङ्ग कुन हो ?
उद्देश्य

३३.विद्यालयहरूमा विद्यालय सुधार योजनामा आधारित अनुदान कार्यक्रम कहिलेदेखि लागू भएको हो ?
आर्थिक वर्ष २०५८-५९

३४.मनोविज्ञानलाई व्यावहारिक विज्ञानको रूपमा परिभाषित गर्ने पहिलो व्यक्ति को हुन् ?
Jb Watson

३५.कुन प्रकारको शिक्षणमा विषयगत समन्वयको कमी हुन्छ ?
बहुकक्षा शिक्षण

३६.विशेष विद्यालयले कस्तो विद्यालयलाई जनाउँदछ ?
एकै प्रकृतिको अपाङ्गता भएकाहरूलाई अध्यापन गराउने

३७.चौधौँ योजनाको अन्त्यसम्ममा १५ देखि २४ उमेर समूहको साक्षरता कति पुर्‍याउने लक्ष्य छ ?
९२ प्रतिशत

३८. बेन्जामिन एस् ब्लुम का अनुसार समज्ञानात्मक क्षेत्र को माथिल्लो तह कुन हो ?
मूल्याङ्कन

३९.कुन प्रकार को शिक्षण मा विषयगत समनव्य को कमी हुन्छ ?
वर्ग शिक्षण

४०.शिक्षक को पेसागत विकास कार्यक्रम अन्तर्गत प्रमाणीकरण तालिम कति दिन को हुन्छ ?
३० दिन


प्रस्तुती
नारायणप्रसाद पोख्रेल


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa

Tags :
प्रतिक्रिया दिनुहोस