‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित


२९ भाद्र २०७५, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आजको बैठकमा विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।

यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमा सरकारी, सहकारी र गैर सरकारी संस्थाले सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई व्यवस्थापन एवं नियमन गर्ने विषय समेटिएको मन्त्री यादवले बताएका छन् ।

विधेयकमा रोग लाग्नबाट जोगाउने र रोग लागिहालेमा उपचार गर्ने अधिकार सुनिश्चित गरिएको मन्त्री यादवले बताए । बैठकमा विधेयकको दफा एकदेखि ६० सम्म समितिले गरेको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस