दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा


२९ भाद्र २०७५, शुक्रबार


नुवाकोट । दोस्रो राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिर १५ गते नुवाकोटमा हुने भएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठानले प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तृतीय हुने दुई जनालाई जनही २० हजार दिइने जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकले आगामी कात्तिक १५ गतेभित्र कविता पठाइसक्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतिष्ठानले पहिलो राष्ट्रिय कविता महोत्सव २०७३ वैशाख ३ गते आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस