कानूनमन्त्री भण्डारीद्वारा सुर्खेत कारागार अवलोकन

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गरेका छन् ।
बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उनले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको गुनासासमेत सुनेका थिए ।
मन्त्री भण्डारीले भने, कारागारलाई सुधारगृहका रूपमा विकास गरिने, कैदी बन्दीलाई सीपमूलक तालीम दिइने र कारागारबाट रुपान्तरित जीवन जिउने कला सिकाइने छ ।
मन्त्री भण्डारीलाई कैदीबन्दीले भौतिक संरचनाको जीर्णोद्वार हुन नसकेको, खानेपानीको समस्या भएको, शौचालय थोरै भएको, कानूनी उपचार गर्ने वकिलको अभाव भएकोजस्ता गुनासो गरेका थिए । करीब २०० कैदीबन्दी रहेको उक्त कारागारको मर्मत र अन्य व्यवस्थापनका लागि रु २२ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
कारागार अवलोकनमा मन्त्री भण्डारीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रहरी उपरीक्षक वसन्त रजौरेलगायत गृह प्रशासनका अधिकारीको उपस्थिति थियो । रासस
भाद्र २९ गते, २०७५ - १३ः०० प्रकाशितTags
कारागारप्रतिकृया लेख्नुहोस्:
-
समायोजन भएका कर्मचारीलाई तत्काल रमाना नदिइने !
प्रशासन विशेष ब्यूरो -
कर्मचारी सरुवा अब चक्रीय प्रणालीबाट
प्रशासन विशेष ब्यूरो -
उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !
प्रशासन विशेष ब्यूरो

-
के समायोजन पछि कर्मचारीको मनोबल बढाउन सकिएला ?
रेबति रमण ज्ञवाली -
भेनेजुएलाको पृष्ठभूमि र नेपालको तरंगित राजनीति
पुरुषोत्तम भट्ट -
कर्मचारीमा समायोजनको सातो
रेबतिरमण ज्ञवाली -
सुखद दाम्पत्य जीवनको लागि कुण्डली मिलनको अपरिहार्यता
ज्यो. भीम प्रसाद गुरागाँई -
संघीयता असफल गराउन देखिएका सात परिदृश्यहरू
जीवन न्यौपाने
