सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइँदै


२९ भाद्र २०७५, शुक्रबार


काठमाडां । आज नेपाली नारीरुले ऋषि पञ्चमी मनाउँदै छन् । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने सप्त ऋषिको पूजा आराधना गरी आज महिलारुले विशेष रुपमा मनाउँदै छन् ।

विहानै उठेर नजिकैको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाइ महिलाहरुले स्नान गर्ने गर्छन् । रजस्वलाका बेलामा कतै कुनै त्रुटी भए आजकोे दिन सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुने भन्ने विश्वास रही आएको छ । त्यसैले गाईको गोबर, दत्तिउन, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने विश्वास रही आएको छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

रज भनेको फोहोर हो, जुन महिलामा मासिक धर्मका समयमा निस्कने गर्दछ र यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने कुरा अनुसन्धानले पनि पुष्टि गरेको पाइन्छ । आज काठमाडौंलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस