काठमाडौंमा मोनो रेल बनाउन १ खर्ब १६ अर्ब « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौंमा मोनो रेल बनाउन १ खर्ब १६ अर्ब


२८ भाद्र २०७५, बिहिबार


काठमाडौं । काठमाडौंमा मोनो रेल बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने भएको छ।

काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनो रेल ३ वर्षमा बनाउन सकिने मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको प्रतिवदेनले देखाएको छ ।

तीन महिनाअघि सम्भाव्यता अध्ययन थालेको सिआरसिसीले बिहीबार प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाएको हो।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं र ललितपुर महानगरका प्रमुखहरू विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन उपस्थित थिए।

Tags :
प्रतिक्रिया दिनुहोस