निर्मला हत्या प्रकरण : अनुसन्धान गर्न गएको सिआइबी टोलीमाथि नै छानबिन हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्मला हत्या प्रकरण : अनुसन्धान गर्न गएको सिआइबी टोलीमाथि नै छानबिन हुने


२८ भाद्र २०७५, बिहिबार


काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन गर्न खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीमाथि नै छानबिन हुने भएको छ।

प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

साउन १४ गते सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको तीन सदस्यीय टोली निर्मला हत्याको अनुसन्धानका लागि कञ्चनपुर पुगेको थियो ।

टोलीले भदौ ४ गते दीलिपसिंह बिष्टलाई घटनाका मुख्यअभियुक्त रहेको सार्वजनिक गर्दै बिष्टविरूद्ध किटानी जाहेरी दिन निर्मलाका बुवाआमालाई दबाब दिएपछि स्थानीयले विरोध गर्दै चरणबद्ध आन्दोलनमा उत्रेका थिए ।

बिष्ट र निर्मलाको शरिरमा भेटिएको डिएनए नमिलेपछि प्रहरीले सार्वजनिक गरेका बिष्ट मंगलबार रिहा भएपछि प्रहरीमाथि नै औला सोझिएको हो ।

निलम्बनमा रहेका तत्कालिन प्रमुख एसपी डिल्लीराज बिष्ट सँग पनि बयान लिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस