निर्मला हत्याको विरोधमा कांग्रेसद्वारा संसद बैठक अवरुद्ध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निर्मला हत्याको विरोधमा कांग्रेसद्वारा संसद बैठक अवरुद्ध


२८ भाद्र २०७५, बिहिबार


काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन् । सभामुख कृष्णबहादुर महराले समय दिएपछि सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए।

प्रतिक्रिया दिनुहोस