प्रधानसेनापति ट्रफी शुरु, प्रधानसेनापतिद्वारा उद्घाटन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति ट्रफी शुरु, प्रधानसेनापतिद्वारा उद्घाटन


२५ भाद्र २०७५, सोमबार


काठमाडौं । प्रधानसेनापति ट्रफी–२०७५ प्रतियोगिता आजदेखि राजधानीमा शुरु भएको छ । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच गरेका छन् ।

आगामी असोज ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कूल १४ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा एथ्लेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, साइक्लिङ, बास्केटबल, भलिबल, फुटबल, कबड्डी र ह्याण्डबल खेलहरु समावेश गरिएको छ ।

कार्यक्रममा नेपाली सेनाका उपरथी देवकुमार सुवेदीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपाली सेनाका खेलाडीले उल्लेखनीय योगदान पु¥याएको चर्चा गरे । उक्त प्रतियोगिताको खेलहरु सेनाको भद्रकालीस्थित खेल मैदान, लगनखेल र सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस