निजामती सेवा विधेयक सच्याउन माग गर्दै सामान्य प्रशासनमन्त्रीलाई ध्यानाकर्षण पत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निजामती सेवा विधेयक सच्याउन माग गर्दै सामान्य प्रशासनमन्त्रीलाई ध्यानाकर्षण पत्र


२५ भाद्र २०७५, सोमबार


काठमाडौं । राष्ट्रिय कर्मचारी महासंघ, नेपालले संघीय निजामती सेवा विधेयकबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

‘प्रस्तावित संघीय निजामती सेवा विधेयक, २०७५ मा कानुनी, प्राविधिक, व्यवहारिक र नीतिगत रूपमा सैद्धान्तिक त्रुटिहरू देखिएकोले त्यसबाट कर्मचारी व्यवस्थापन गर्ने कार्यमा झनै जटिलता उत्पन्न हुने हुँदा उक्त विधेयकप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संगठनले प्रस्तावित विधेयकमा थप परिमार्जन गरी कर्मचारी कर्मचारी बीचमा विभेदरहित, सुशासन र संघीयता कार्यान्वयनमा फलदायी बनाउन ९ बुँदा संशोधनको माग गरेको छ ।

संगठनले विधेयकमा प्रस्तावित निजामती सेवाअन्तर्गतका आठ सेवालाई १२ बनाउनुपर्ने लगायत माग गरेको छ ।

हेर्नुस् बुँदा

प्रतिक्रिया दिनुहोस