आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ : डा.प्रकाशशरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ : डा.प्रकाशशरण


२४ भाद्र २०७५, आइतबार


नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीलाई अब आधुनिक र वैज्ञानिक ढंगबाट सञ्चालन गरिने बताएका छन् ।

उनले अब पार्टी पुरानो ढाँचाबाट होइन आधुनिक र वैज्ञानिक पद्दतिबाट सञ्चालन हुने र जनता कांग्रेसको साथमा रहेको बताए । उनले भने, ‘निर्वाचनमा पाएको मतले सबै कुरा पुष्टि गरेको छ, पुरानै पद्दतिबाट चुनाव जितिन्छ भन्ने सोच नै प्राविधिक रुपमा हारको कारण बनेको हो ।’

जनतालाई राम्रोसँग बुझाउन नसकेर पार्टी चुकेको कुरा उनले बताए । अहिलेको सरकारले लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न नसकेको पनि बताए । उनले सरकारको टिप्पणी गर्दै भने, ‘सरकार सञ्चालनकर्तामा दम्भ हाबी हुँदै गएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस