झिकाउने, सिकाउने, टिकाउने र बिकाउने शिक्षा आजको आवश्यकता : भुसाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

झिकाउने, सिकाउने, टिकाउने र बिकाउने शिक्षा आजको आवश्यकता : भुसाल


२३ भाद्र २०७५, शनिबार


डोटी । आजको युगमा विद्यालयको पहुँचमा पुग्न नसकेका बालवालीकाहरुलाई झिकाउने, नविनतम् प्रविधिबाट सिकाउने, विद्यालयमै टिकाउने र उनीहरुलाई बिकाउने शिक्षा दिन आवश्यक रहेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय शिक्षा निर्देशक चन्द्र कान्त भुसालले बताएका छन् ।

आज ३९ औं राट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्ला सदरमुकाम सिलगढीमा आयोजीतसमारोहमा बोल्दै उनले उक्त कुरामा जोड दिएका हुन् ।

‘आजको युग, समय र परिस्थिति अनुसार बालवालीकाहरुलाई अभिभावकले विद्यालय पठाउने शिक्षकहरुले १० देखि ४ बजे भित्र आफ्नो कर्तब्य पुरा गर्ने काम मात्र होइन’, निर्देशक भुसालले भने, ‘विद्यार्थिहरु बिद्यालय आए आएनन्, वर्ष भरी के–के कुरा सिके र सिकेका कुरालाई कत्तिको कार्यान्वयन गरे भन्ने कुरामा पनि ध्यान दिनु पर्छ ।’

उनले अहिलेको पढाई पढाई जस्तो र परिक्षा परिक्षा जस्तो हुन नसकेको बताए । उनले अब प्रदेश भरी कसरी नतिजा मुखी र गुणस्तरीय शिक्षा बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस