शिक्षा सम्वन्धी वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षा सम्वन्धी वस्तुगत प्रश्नोत्तर


प्रशासन विशेष ब्युरो

२३ भाद्र २०७५, शनिबार


लोकसेवा तयारी
१. शिक्षा ऐन २०२८ किन जारी गरिएको हो ?
-राष्ट्रिय शिक्षा पद्दतिको योजना अनुरुप बिद्यालयहरुमा दिइने शिक्षाको व्यवस्था गर्न ।
२. हालसम्म शिक्षा ऐन २०२८ मा कति पटक संशोधन भएको छ  ?
-नवौं पटक २०७४र०७र०६
३. शिक्षा ऐन २०२८ लागू भएको मिति र जिल्ला  ?
-२०२८/०७/१५ २ जिल्ला
२०२९/०६/१५ १३ जिल्ला
२०३०/०७/०१ १६ जिल्ला
२०३१/०६/२१ २० जिल्ला
२०३२/०६/२० २४ जिल्ला
४. प्रारम्भिक बाल शिक्षा भन्नाले के बुझिन्छ ?
-चार बर्ष उमेर पुरा गरेका बालबालिकालाई एक बर्षको प्रारम्भिक बाल शिक्षा दिने विद्यालय सम्झनु पर्दछ ।
५. अनुमति भन्नाले के बुझिन्छ ?
-अस्थायी स्वीकृतिलाई जनाउछ ।
६. स्वीकृति भन्नाले के बुझिन्छ  ?
-स्थायी स्वीकृतिलाई जनाउछ ।
७. शैक्षिक गुठी कति प्रकारको हुन्छ ?
-दुई प्रकारको ।
८. कसले बिद्यालय खोल्न अनुमति लिनु पर्दैन ?
-नेपाल सरकारले ।
९. शैक्षिक गुठीमा  कति जना सदस्य हुन्छन ?
-सार्वजनिक गुठीमा ५ जना र निजी गुठीमा ३ जना ।
१०. राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था शिक्षा ऐन २०२८ को कुन दफामा राखिएको छ ?
-दफा ४ क ।
११. राष्ट्रिय परीक्षा बोर्डको उपाध्यक्ष को हुने व्यवस्था छ ?
-मन्त्रालयको सचिव ।
१२. राष्ट्रिय परीक्षा बोर्डले प्रतिवेदन कहाँ पेश गर्दछ ?
-शिक्षा मन्त्रालयमा ।
१३. बोर्डको लेखा परीक्षण कहाबाट हुने व्यवस्था छ ?
महालेखापरीक्षकबाट ।
१४. राष्ट्रिय परीक्षा बोर्डको कार्यालय कहा रहने व्यवस्था छ ?
-काठमाडौं उपत्यका भित्र ।
१५. माध्यमिक शिक्षाका प्रकार कति छन् ?
-तीन प्रकार ।
१६. दुर शिक्षा विशेष शिक्षा र समावेशी शिक्षाको संचालन कसरी गर्ने व्यवस्था छ ?
– साधारण शिक्षा सरह ।
१७. विद्यालय शिक्षाको माध्यम के हुने  व्यवस्था छ ?
-विद्यालय शिक्षाको माध्यम नेपाली भाषा अंग्रेजी भाषा वा दुवै भाषा हुनेछ ।
१८. राष्ट्रिय शिक्षा परिषदको व्यवस्था किन गरियको हो ?
-शिक्षा सम्वन्धी नीति निर्धारण गर्नेसम्बन्धमा नेपाल सरकारलाई सल्लाह तथा सुझाव दिन ।
१९. राष्ट्रिय शिक्षा परिषदमा कति जना सदस्य हुन्छन ?
-२३ जना
२०. विद्यालयले कहाबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्नु पर्दछ ?
-विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्नु पर्दछ  ।

थप जानकारी

नेपालमा विद्यालय शिक्षाको संरचना
शिक्षाको इस्तिहार १९९६ अनुसार   ३+४+३
राष्ट्रिय शिक्षा आयोग २०११ भन्दा पहिले   ३+२+३+२
राष्ट्रिय शिक्षाआयोग २०११ अनुसार   ५+५
सर्वाङिगण राष्ट्रिय शिक्षा समिति २०१८ अनुसार   ५+६
राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८ पूर्व   ५+३+२
राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८ अनुसार   ३+ ४+३
पाठ्यक्रम कार्यान्वन योजना २०३८ अनुसार   ५+२+३
राष्ट्रिय शिक्षाआयोगको प्रतिवेदन  २०४९ अनुसार   ५+३+२+२
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३  ८+४
विद्यालय क्षेत्र सूधार कार्यक्रम २०६६-७२ अनुसार ८+४
शिक्षा ऐन २०२८ को आठौं संशोधन अनुसार ९+४
आधार स्कुल ३+२+३

प्रस्तोता
नारायणप्रसाद पोख्रेल


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस