निजामती पुरस्कारबाट ४० पुरस्कृत, यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट कर्मचारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निजामती पुरस्कारबाट ४० पुरस्कृत, यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट कर्मचारी


२२ भाद्र २०७५, शुक्रबार


सचिव

काठमाडौं । सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट निजामती पुरस्कारलागि योग्य कर्मचारी भेटाएन ।

हरेक वर्ष भदौ २२ गते मनाउँदै आएको निजामती सेवा दिवासका दिन एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएकोमा बिगत दुई वर्षदेखि सवोत्कृष्टका लागि देशभरका करिब ९० हजार निजामती कर्मचारीबाट एक जना पनि नभेटेको हो ।

सरकारले एक जना सवोत्कृष्ट कर्मचारीलाई दुई लाख, १० जनालाई एक लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजारको निजामती सेवा पुरस्कार मात्र प्रदान गर्दै आएको छ ।

यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने निजामती कर्मचारीहरुमा ७ जना सहसचिव, एक जना उपसचिव र दुई जना सहसचिव रहेका छन् ।

त्यसैगरी निजामती सेवा पुरस्कारतर्फ भने उपसचिवदेखि कार्यालय सहयोगीसम्म परेका छन् ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस