सुशासन समितिमा भट्ट निर्वाचित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुशासन समितिमा भट्ट निर्वाचित


२१ भाद्र २०७५, बिहिबार


काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापतिमा नेपाली काङ्ग्रेसकी तारादेवी भट्ट निर्वाचित भएकी छन् ।

सो पदमा भट्टको मात्र उम्मेदवारी परेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आज नै नवनिर्वाचित सभापति भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । यससँगै राष्ट्रियसभाका चार वटै विषयगत समितिका सभापति चयनले पूर्णता पाएको छ ।

यसअघि दलीय सहमतिमा विधायन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति चयन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस