भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाल


२१ भाद्र २०७५, बिहिबार


ढाका । नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ । बंगलादेशको राजधानी ढाकामा जारी सुजुकी कप फुटबलको दोस्रो खेलमा नेपाल भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

बंगबन्धु राष्ट्रिय रंगशालामा आज ४ बजे नेपाल र भुटानबीचको खेल हुँदै छ । पाकिस्तानसँग २-१ गाले अन्तरले पहिलो खेलमै पराजित भए पनि भुटानसँग भने जित्ने दाबी गरेको छ ।

यस अघि सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा भएको साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३-१ गोलअन्तरले पराजित गरेको थियो ।

यो पटक पनि नेपाली टिमले नै जित्ने दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस