नेपाल हङकङसँग पराजित, एसिया कप यात्रामा पूर्णविराम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल हङकङसँग पराजित, एसिया कप यात्रामा पूर्णविराम


१९ भाद्र २०७५, मंगलबार


काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा हङकङसँग पराजित भएपछि नेपालको एसिया कपको यात्रामा पूर्णविराम लागेको छ । नेपालले चौथो स्थानमा रहँदै यात्रा टुंग्याएको हो । समूह चरणका पाँच खेलमध्ये दुईमा मात्रै विजयी भएको नेपालको चार अंक छ ।

नेपालअघि हङकङ, ओमान र युएई छन् । हङकङ र ओमानको समान ७ र युएईको ६ अंक छ । शीर्ष स्थानमा रहेको हङकङ प्रतियोगिताको फाइनल पुगिसकेको छ ।

फाइनल पुग्ने अर्काे टोली ओमान र युएईको खेलले टुंगो लगाउनेछ । यी दुवै टोलीबीच प्रतिष्पर्धा चलिरहेको छ । विजयी टिम फाइनल पुग्नेछ ।

प्रतियोगितामा उपाधि जित्ने टिम युएईमा भदौ ३० (सेप्टेम्बर १५) मा हुने एसिया कपमा छनोट हुनेछ । प्रतियोगितामा एसियाका भारत, पाकिस्थान, श्रीलंका, पाकिस्थान, बंगलादेश र अफगानिस्थान भिड्नेछन् ।

हङकङसँग तीन विकेटले पराजिते

मंगलबार सम्पन्न खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको हो । टस जितेर ब्याटिङ थालेको नेपालले ३७.५ ओभरमा ९५ रनमै अलआउट भयो । टिमका लागि आरिफ शेखले सर्वाधिक १८ रन जोडे । यस्तै, अनिल शाह र वसन्त रेग्मीले समान १५, पारश खड्काले १४ र ज्ञानेन्द्र मल्लले १२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको इनिङ ध्वस्त बनाउन इहसन खानले सर्वाधिक चार विकेट लिए ।

९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको हङकङले ३२.३ ओभरमै सात विकेट गुमाएर लक्ष्य भेटायो । उसका लागि अन्सुमन रथले सर्वाधिक ५२ रनको पारी खेले । हङकङसामु निकै कसिलो बलिङ गरेका सन्दीप लामिछानेले पाँच विकेट लिए पनि नेपाललाई जित दिलाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस