हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत


१९ भाद्र २०७५, मंगलबार


काठमाडौं । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो । अनिलकुमार साहले १५, अरिफ शेषले १८ र कप्तान पारस खड्काले १४ रन बनाउनुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

हङकङका इहशान खानले चार तथा तनवीर अफजल र मोहमद खानले समान दुई/दुई विकेट लिए । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ । नेपाल ओमन र संयुक्त अरब इमिरेट्स (युएइ)सँग पराजित भएको थियो भने आयोजक मलेशिया र सिङ्गापुरलाई हराएको थियो । रासस

प्रतिक्रिया दिनुहोस