फिफा वर्ष खेलाडीमा तीन जना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फिफा वर्ष खेलाडीमा तीन जना


१९ भाद्र २०७५, मंगलबार


लण्डन । यस वर्षको फिफा वर्ष खेलाडीका लागि तीनजनाको नाम मनोनयनमा परेको छ । विश्व फुटबल महासंघ (फिफा) ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको हो ।

मनोनयनमा पर्ने खेलाडीमा क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहरहेका छन्। यसअघि रोनाल्डोले पाँच पटक अवार्ड जितिसकेका छन् ।

तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा परेका थिए । रासस

प्रतिक्रिया दिनुहोस