स्वास्थ्यका एक सय १८ कर्मचारी प्रदेश निर्देशनालयमा खटाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्यका एक सय १८ कर्मचारी प्रदेश निर्देशनालयमा खटाइयो


१८ भाद्र २०७५, सोमबार


डाक्टर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सयौं कर्मचारीलाई प्रदेश निर्देशनालयमा कामकाज गर्न खटाएको छ।

मन्त्रालयले आज (सोमबार) एक सय १८ जना कर्मचारीलाई सातवटै प्रदेश निर्देशनालयमा खटाएको हो।

संघीय संरचना अनुसार ३७ जनाको दरवन्दी रहेको प्रदेश निर्देशनालयमा निर्देशकहरु यस अघि नै खटाइ सकेको छ ।

स्वास्थ्यको नयाँ संरचना अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय हुनेछ। ११ औं तहका कर्मचारी प्रमुख हुने निर्देशनालयमा ९ वटा शाखा रहनेछ भने सामाजिक विकास मन्त्रालय अन्तर्गत रही काम गर्नेछ ।

हेर्नुहोस् को कहाँ ?

Tags :
प्रतिक्रिया दिनुहोस