बिरामी मारा कालो कानून तत्काल फिर्ता हुनुपर्छ : डा. केसी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बिरामी मारा कालो कानून तत्काल फिर्ता हुनुपर्छ : डा. केसी


१७ भाद्र २०७५, आइतबार


काठमाडौं । मुलुकी अपराध संहितामा बिरामी मारा कानूनको व्यवस्था गरिएको भन्दै डा. गोविन्द केसीले आपत्ति जनाएका छन् ।

नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालिएको ¥यालीलाई सम्बोधन गर्दैै केसीले यस्तो मुलुकी संहिता तुरुन्त फिर्ता लिन पनि सरकारसँग आग्रहसमेत गरेका छन् ।

‘चिकित्सक र स्वास्थ्यकर्मी बिरामीको उपचारमा जवाफदेही हुनुपर्छ’, उनले भने, ‘तर अहिलेको कानुन बिरामी मारा छ । यो फिर्ता हुनुपर्छ ।’ नयाँ व्यवस्थाले डाक्टरलाई हतोत्साहित बनाएको डा. केसीले बताए । यस्तो कानुन बन्दा डाक्टरले बिरामीको उपचार नै गर्न नसक्ने बताउँदै रेफर गर्दा गर्दै बिरामीको ज्यान जाने अवस्थाको सिर्जना हुने उनले बताए ।

हेल्थ पोष्टबाट जिल्ला, जिल्लाबाट शहरका ठूला अस्पताल र शहरका ठूला अस्पतालबाट भारत वा अन्य देशमा विरामी रेफर गर्नुपर्ने अवस्थाको सिर्जना भएकाले सरकारले गरिबले उपचार नपाउने अवस्थाको सिर्जना गरेको डा. केसीको आरोप छ ।

‘नेता विदेश नै गइरहेका छन् । अब पनि जान्छन् । मारमा पर्ने भनेको गरिब जनता नै हो । त्यसकारण यो कालो कानून फिर्ता हुनुपर्छ, डा. केसीले भने ।’

Tags :
प्रतिक्रिया दिनुहोस