सिटौलाको ‘देश र परिवेश’ कविता सङ्ग्रह सार्वजनिक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिटौलाको ‘देश र परिवेश’ कविता सङ्ग्रह सार्वजनिक


१७ भाद्र २०७५, आइतबार


काठमाडौं । शिक्षा सेवी डा. सुरेन्द्र सिटौलाको कविता सङ्ग्रह ‘देश र परिवेश’ सार्वजनिक भएको छ ।

देशका विकृति उजागर गरिएको सङ्ग्रहमा ५२ कविता समावेश गरिएको छ । सङ्ग्रह लोकार्पण गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यमार्फत् देशका मौलिक भाषा, धर्म र संस्कृतिलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । नैतिक धरातल खस्केपछि देशमा बढेको गडबडीलाई कवि सिटौलाले सङ्ग्रहमार्फत् सार्वजनिक गरेको उनले सुनाए ।

प्रा. डा. बद्रीविशाल भट्टराईले वर्तमान राष्ट्रिय परिवेशको झलक दिन सङ्ग्रह सफल रहेको बताए । नाटककार डा. अशेष मल्लले सङ्ग्रह पढ्दा हृदय र वुद्धिको समिश्रणले लेखिएको बुझ्न सकिने जानकारी दिए। कार्यक्रममा कवि सिटौला, काठमाडौं महानगरपालिका–४ का अध्यक्ष मोहन विष्ट, शिक्षकद्वय प्रभात आचार्य र रमेश खड्का लगायतले कविता समसामयिक नेपालको चित्र उतार्न सफल रहेको बताए ।

वाग्मती बोर्डिङ स्कुलले प्रकाशन गरेको पुस्तकको मूल्य २०० छ । लेखकको यो पहिलो कृति हो ।

प्रतिक्रिया दिनुहोस