कृष्ण जन्माष्टमी धुमधामसँग मनाइँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कृष्ण जन्माष्टमी धुमधामसँग मनाइँदै


१७ भाद्र २०७५, आइतबार


काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजाआजा गरी मनाइँदै छ ।

भदौ कृष्ण अष्टमीमा मनाइने कृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ ।

मन्दिर दर्शन तथा प्रसाद ग्रहण गर्न आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी पनि त्यसतर्फ जाँदैछिन् ।

कृष्ण मन्दिरमा तीन वर्षपछि दर्शन खुला
भूकम्प गएको तीन वर्षपछि पाटनको कृष्ण मन्दिर दर्शनका लागि खुला गरिएको छ । भूकम्पले क्षतिग्रस्त भएपछि यसअघि दर्शनार्थीले मन्दिर दर्शन गर्न पाएका थिएनन् । पुजारीले मात्रै मन्दिरभित्र पूजाआजा गर्दै आएका थिए

विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमुना मानिन्छ । ढुंगाले बनेको यो मन्दिरमा २१ गजुर छन् ।

१७ औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले मन्दिर निर्माण गर्न लगाएका थिए । उनले कृष्ण लीलामा आधारित कात्तिक नाच पनि सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस