वाल्मीकिमा रचना वाचन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाल्मीकिमा रचना वाचन


१६ भाद्र २०७५, शनिबार


काठमाडौं । शनिबारको नियमित रचना वाचन यसपटक पनि वाल्मीकि विद्यापीठमा सम्पन्न भएको छ । यसपटकको शृङ्खलामा अतिथिका रूपमा कवि विवश पोखरेललाई निम्त्याइएको थियो भने निरन्तर शनिबारका संयोजक डिल्लिराम सुवेदीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कारागारमा पुस्तकालय स्थापनाका लागि सहभागीहरुले ल्याएका पुस्तक जम्मा गर्ने काम सम्पन्न भएपछि रचना वाचनको क्रम सुरु भएको थियो । कार्यक्रममा डिल्लिराम सुवेदी, मनोज न्यौपाने, उमेश अकिञ्चन, पूर्णिमा प्रतिविम्ब, इन्द्र लम्साल, ऋषभदेव घिमिरे, गोकुल अधिकारी, जानुका खतिवडा, तिलक राउत, सुदर्शन शर्मा, नारायण सापकोटा, कल्पना काफ्ले, मिसन अधिकारीले रचना वाचन गरेका थिए । यस्तै ठाकुर बास्ताकोटी, राजुबाबु श्रेष्ठ, पार्वति भट्ट, चन्द्रकान्त पौडेल, वाशिष्ट अधिकारी, केवल कार्की, विवेक सापकोटा लगायतले आ–आफ्ना रचना सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस