म मरेको पल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म मरेको पल


१६ भाद्र २०७५, शनिबार


कस्तो होला त्यो दिन बरै मै मरेको बेला
अँध्यारोले उज्यालोमै राज गरेको बेला

लाश मेरो आँगनीमा फूल चढाई देलान्
कफनमाथि रामनामी खादा ओढाई देलान्

झार्लान् आँसु छिमेकीले अन्तिम भेट होला,
गुण गाउलान् साथीसंगी बगाई अश्रुधारा

कोही होलान कोठा चोठा लिपपोत गर्दै
कोहाी भने अर्थीको सरसामन खोज्दै

हुल बाँधी कही लाग्लान दाउरा मुढा जोड्न
कोही भने पस्लान गाउँघर मलामीजन भन्न

बाँचुन्जेल घात गर्ने अब गुणगान गाउँदै
आउदा होलान हुल बाँधि आँशुधारा झार्दै

प्रियजनको माया पनि अब यति मात्रै होला
लोकको लाज ढाक्नै लागि अश्रुधारा झर्ला

कस्तो होला त्यो दिन बरै मै मरेको बेला
अँध्यारोले उज्यालो मै राज गरेको बेला

छिमेकी र आफन्तजन डाको छाडी रोलान्
लाशलाई जलाई मलामीजन फर्किएको क्षण

Tags :
प्रतिक्रिया दिनुहोस