लोक सेवा प्रश्नोत्तर -विषयगत प्रश्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोक सेवा प्रश्नोत्तर -विषयगत प्रश्न


प्रशासन विशेष ब्युरो

१६ भाद्र २०७५, शनिबार


विविधता व्यवस्थापन

प्रश्न. विविधता व्यवस्थापन (Diversity Management) भन्नाले के बुझिन्छ ? समावेशीकरणका आधारभूत सिद्धान्तहरू उल्लेख गर्दै नेपालमा विविधता व्यवस्थापन किन आवश्यक छ ? चर्चा गर्नुहोस् । (३ +३ +४)

उत्तर

विविधता व्यवस्थापन
कुनै पनि देशमा एकल जाती, वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र भाषा मात्र हुँदैन । कुनै न कुनै रूपमा बहुजातीय, बहुभाषिक, बहु धार्मिक बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता रहेको हुन्छ । बहुल समाजलाई कुशलतापूर्वक व्यवस्थापन गरेर राष्ट्रिय एकता सुदृढ गराउने काम राज्य र सरकारको प्रमुख कर्तव्य हो । सबै वर्ग, क्षेत्र, लिङ्ग, भाषा, समुदायको अपनत्व बोध हुने गरी राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्नु नै विविधता व्यवस्थापन हो ।

  • टाकिस फोटोपाउलसले सन् 1997 मा विविधता व्यवस्थापनको अवधारणा ल्याएका हुन् ।
  • सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण, सङ्घीयता लगायत विषयहरू विविधता व्यवस्थापनका लागि महत्त्वपूर्ण तरिका मानिन्छ ।
  • विविधताले देशका जनताहरूबिच धारणागत पृथकतालाई जनाउँदछ उमेर, जात, धर्म, पेसा, भौगोलिकता, जीवनशैली आदि विभिन्न पक्षलाई समेट्दछ ।

विविधता सिर्जना गर्ने तत्वहरुः
मुख्यरुपमा निम्न पक्षहरूले समाजमा विविधता सिर्जना गर्न सघाऊ पुर्‍याउँदछ

  • लिङ्ग
  • उमेर
  • धर्म
  • राष्ट्रियता र जातीयता
  • आर्थिक अवस्था
  • सामाजिक पृष्ठभूमि
  • मानसिक र शारीरिक क्षमता
  • भौगोलिक स्थिति

समावेशीकरण
विद्यमान अवसर र पहुँचको अन्तरलाई कम गर्दै वञ्चित / वहिष्करणमा पर्न गएका समूह र सुविधा सम्पन्न समूह बिचको असमानता घटाउँदै हरेक व्यक्ति, समूह वा जातिको स्वाभिमान र उनीहरूको आफ्नै विशिष्टतको सम्मान गर्दै भौतिक तथा संवेगिक आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्नु नै समावेशीकरणको आदर्श हो । समावेशीकरण वहिष्करण विरुद्ध लड्ने एउटा रणनीति हो, यसलाई साझा भाग्यको बन्धन (Bond of Common Fate) भनेर पनि बुझिन्छ ।

  • समावेशिकणका सिद्धान्तहरुः
  • समान आदर र चासोको सिद्धान्त
  • समानता र अविभेदको सिद्धान्त
  • Principle of equal concern and respect
  • Participation in Public life
  • Principle of Collective Identity
  • Principle of Specific Protection
  • Principle of proportional representation
  • Principle of State Obligation
  • क्षतिपूर्तिको सिद्धान्त
  • आरक्षणको सिद्धान्त
  • सकारात्मक विभेदको सिद्धान्त

नेपालमा विविधता व्यवस्थापन किन ?

  • विद्यमान, सांस्कृतिक, जातीय, धार्मिक लगायत विविध समूहहरूलाई समेट्न तथा सबैको मौलिक मूल्य मान्यतालाई कदर गर्न,
  • नेपालको ऐनामा सबै नेपालीको अनुहार देखिने व्यवस्था गरेर साना-साना जातीय सांस्कृतिक राष्ट्रियतालाई नेपाली राष्ट्रियता मनौवैज्ञानिक रूपमा आबद्ध गराउन,
  • विविधता व्यवस्थापनका लागि अवलम्बन गरिएको आरक्षण र सकारात्मक विभेदको नीति समयानुकूल परिवर्तन गर्दै सबैको पहुँच स्थापना गर्न,
  • विविधता व्यवस्थापनका लागि अवलम्बन गरिएको आरक्षण र सकारात्मक विभेदको नीति समयानुकूल परिवर्तन गर्दै सबैको पहुँच स्थापना गर्न,
  • विविध संस्कृतिको प्रवर्द्धन र संम्बर्द्धन गर्न राष्ट्रिय स्तरमा सबैको गरिमामय उपस्थिति गराउन,
  • पहिचान, समानता, पहुँच, प्रतिनिधित्व र लोकतन्त्र स्थापनाका लागि सबैको समान सहभागिता सहित समता मूलक समाज निर्माण गर्न,
  • जुन समुदायमासेवा प्रदान गरिन्छ, त्यस क्षेत्रका सेवाग्राही नागरिकहरूको प्रतिनिधित्व हुने संस्था निर्माण गरेरत्यसलाई सेवा दिने कायालयको संयन्त्र र प्रक्रियामा संलग्न गराएर सह-उत्पादन गर्न,
  • सामाजिक न्याय मार्फत समृद्ध नेपाल सुखी नेपाली राज्यको मूल नारालाई मूर्तरूप दिन ।

निष्कर्ष
एक अर्कासँग नमिल्ने फरक मूल्य मान्यता बोकेका समूहहरूलाई सम्बोधन गरेर राष्ट्रिय एकता सुदृढ गराउन ज्यादै कठिन हुन्छ । बहुजातीय, बहुभाषिक, बहु धार्मिक बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त हाम्रो जस्तो मुलुकमा सबै वर्ग समुदाय, क्षेत्र, लिङ्ग, भाषा, धर्म आदिको अपनत्वको सिर्जना गरी शदियौंदिख कायम रही आएको सामाजिक सौहार्दता र सहिष्णुतालाई अझ बलियो बनाउन जरुरी छ । यसलाई सुदृढ पार्न राज्य, सरकार र सम्बद्ध सबै पक्षले अनुकूल रणनीतिको अवलम्बन भने गर्नै पर्दछ । जसले गर्दा अबको हाम्रो नारा “एउटै भाषा एउटै भेष होइन, सय थरी बाजा एउटै सुर हुनु जरुरी रहन्छ” ।


प्रस्तुतिः
भुवन ज्ञवाली
भोजराज भट्ट


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस