दुवईमा मोडल सङ्गस अवार्ड हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुवईमा मोडल सङ्गस अवार्ड हुँदै


१५ भाद्र २०७५, शुक्रबार


काठमाडौं । दुवईमा मोडल सङ्गस अवार्ड हुने भएको छ । आगामी असोज ५ अर्थात २१ सेप्टेम्बरमा यो अवार्ड हुन लागेको आयोजकले जनाएको हो ।

‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रय अवार्ड’ भनिएको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोक दोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिने बताईएको छ ।

नेपालमा सफल सौन्दर्य प्रतियोगीता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गर्न लागेको अवार्ड कार्यक्रमलाई दुवईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागितामा सम्पन्न हुने छ ।

‘हामीले दुर्वइमा गर्न लागेको मोडल सङ्गस अवार्डको तयारी गरिरहेका छौ, नेपालबाट तीन दर्जनभन्दा बढी कलाकार सहभागी हुँदै हुनुहुन्छ’, मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले भने । एवार्डको एसोसियट्समा पेजेन्ट नेपाल रहेको छ । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस