रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन


१५ भाद्र २०७५, शुक्रबार


काठमाडौं । रेडियो नेपालका प्रथम गायक तथा वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको हो । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ।

उनले वि.सं. २००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा… बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित भएका थिए । उनले गाएको ‘बिना बादल असिना झ-यो’, ‘फगत एक नजरमा’ जस्ता दर्जनौँ सदाबहार चर्चित छन् ।

गायक रिमालले १४ वर्षको उमेरमा स्व. बालकृष्ण समको मुकुन्द इन्दिरामा अभिनय शुरु गरेका थिए । उनले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गरेका थिए ।

नेपाली चलचित्रको क्षेत्रमा उल्लेखनीय योगदान पु-याएवापत उनलाई वि.सं. २०७१ मा एक लाख राशिको कीर्तिमय दीर्घ सम्मान गरिएको थियो ।

गायक रिमालको जन्म वि.सं. १९८२ असोज ३ गते शुक्रबार भएको थियो । उनका दुई छोरा र एक छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस