अन्जुको ‘फूल सम्झेर’मा सनमको जीवन्त अभिनय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अन्जुको ‘फूल सम्झेर’मा सनमको जीवन्त अभिनय


१३ भाद्र २०७५, बुधबार


काठमाडौं । अन्जु पन्तको स्वरमा रहेको कर्णप्रिय गीत ‘फूल सम्झेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । पन्तको स्वरमा रहेको गीतमा सनम कठायतको जीवन्त अभिनय रहेको छ। उनलाई अभिनयमा सृजना, प्रतिप, सुदिप र प्रकृतीले साथ दिएका छन् ।

लोकप्रिय गीतकार एवम् संगीतकार कस्तुप पन्तको शब्द र संगितमा रहेको उक्त म्युजिक भिडियो पोखरा र स्याङजाका मनोरम स्थलहरुमा छायाङकन गरिएको छ । अन्जन शर्माले निर्देशन गरेको म्युजिक भिडियोमा मुकेश हुमागाइको उत्कृष्ट छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

उक्त भिडियोलाई शारथी म्युजिकले बजारमा ल्याएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस