राष्ट्रपति मिन्टको स्कर्टिङमा खटिएका प्रहरीको मोटरसाइकल दुर्घटना (भिडियोसहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति मिन्टको स्कर्टिङमा खटिएका प्रहरीको मोटरसाइकल दुर्घटना (भिडियोसहित)


१३ भाद्र २०७५, बुधबार


काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङमा खटिएका प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी घाइते भएका छन्।

बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका राष्ट्रपति मिन्ट सोल्टी होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा बुधबार बिहान कालिमाटीमा दुर्घटना भएको हो।

राष्ट्रपति मिन्त बिहान लुम्बिनी भ्रमणका लागि विमानस्थल जाने क्रममा दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको बारमा ठोक्किँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस