यस वर्षको मदन पुरस्कार निहारिकाको ‘योगमाया’लाई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यस वर्षको मदन पुरस्कार निहारिकाको ‘योगमाया’लाई


११ भाद्र २०७५, सोमबार


काठमाडौं । यस वर्षको मदन पुरस्कार निलम कार्की ‘निहारिका’ को पुस्तक ‘योगमाया’ले पाएको छ ।

यस वर्ष मदन पुरस्कालागि आठ पुस्तक प्रतिस्पर्धामा थिए । ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञसको ‘भुइँया’नयनराज पाण्डेको ‘यार’, निलम कार्की ‘निहारिका’को ‘योगमाया’ राज माङलाकको ‘लिम्बुनी गाउँ’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ पुस्तक मदनपुरस्कारको प्रतिस्पर्धामा थिए ।

यीमध्येबाट योगमायालाई पुरस्कार दिने निर्णय गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द जानकारी दिएका छन् । कार्कीको चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो ।

त्यस्तै गुठीले शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ । दुबै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस