समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर


६ भाद्र २०७५, बुधबार


लोक सेवा-तयारी

१. भारतीय पूर्व प्रधानमन्त्री अटलविहारी बाजपेयीको निधन कहिले भयो ?
क. २०१८ अगस्ट १६
ख. २०१८ अगस्ट १७
ग.  २०१८ अगस्ट १८
घ.  २०१८ अगस्ट १९

२. आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालमा पर्यटक आगमन गर्ने देशको क्रम बढीबाट कममा कुन सही छ ?
क. भारत, चीन, अमेरिका, श्रीलंका, वेलायत
ख. भारत, चीन, अमेरिका, वेलायत, श्रीलंका
ग. चीन, भारत, अमेरिका, श्रीलंका, वेलायत
घ. भारत, चीन, वेलायत, अमेरिका, श्रीलंका

३. ओल्के पर्व कहिले मनाइन्छ ?
क. असार १
ख. साउन १
ग.  भदौ १
घ. असोज १

४. “Doing Business Report 2018”   अनुसार नेपाल कति स्थानमा पर्न सफल भयो ?
क. १०५ औं स्थानमा
ख. १०६ औं स्थानमा
ग. १०७ औं स्थानमा
घ. १०८ औं स्थानमा

५. दरवार हाईस्कुलको पुनर्निर्माण कुन देशको सहयोगमा निर्माण हुने भएको छ ?
क. वेलायत
ख. चीन
ग. भारत
घ. रुस

६. “In a Free State” पुस्तकका लेखक को हुन् ?
क. भीएस नायपाल
ख. बाराक ओबामा
ग. महात्मा गान्धी
घ. विद्याधर नायपाल

७. कोफी अन्नानले नोबेल शान्ति पुरस्कार कहिले प्राप्त गरे ?
क. सन् १९९९
ख. सन् २००१
ग. सन् २००३
घ. सन् २००५

८. आत्माकी रानी भनेर कसलाई चिनिन्छ ?
क. अरिथा फ्रान्कलिन
ख. फ्रान्कलिन रुजलिन
ग. भीएस नायपाल
घ. रुजलिन स्टायन

९. १८ औं एसियाली खेलकुद (एसियाड) कहाँ हुदैछ ?
क. जापान
ख. रुस
ग. इन्डोनेसिया
घ. चीन

१०. कुसुन्डा जातिबाट पहिलोपटक नागरिकता पाउने राजामामा कुसुन्डाको निधन कहिले भयो ?
क. २०७४ चैत्र ५
ख. २०७५ बैशाख ५
ग. २०७५ बैशाख १५
घ. २०७५ जेठ ५

११. यूरोमिनी एक्सेलेन्स बेस्ट बैंक नेपाल २०१८ बाट सम्मानित हुने बैंक कुन हो ?
क. नेपाल इन्भेष्टमेन्ट बैैंक
ख. एनएमबी बैंक
ख. ग्लोबल आईएमई बैंक
घ. सिटिजन्स बैंक

१२. २०७४ सालको उत्कृष्ठ जिल्ला समन्वय समिति कुन हो ?
क. धनकुटा
ख. मकवानपुर
ग. दैलेख
घ. कास्की

१३. डान्स रियालिटी सो बुगीबुगीको प्रथम संस्करणको उपाधि कसले हात पारिन् ?
क. कविता नेपाली
ख. शर्मिला नेपाली
ग. सीता परियार
घ. रमिला नेपाली

१४. सूचनाको हकको प्रयोग गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?
क. जापान
ख. फ्रान्स
ग. स्वीडेन
घ. इजरायल

१५. “राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २०७५” बाट सम्मानित हुने कृषक को हुन् ?
क. योगेन्द्र बहादुर खड्का
ख. लाल बहादुर सुनार
ग. अमजद हुसेन
घ.राजेन्द्रराज पन्त

उत्तरहरु :
१. क      २. ख      ३.  ग      ४. क     ५. ख        ६. क     ७. ख     ८. क

९.ग        १०. ख    ११. क     १२. ग    १३. क      १४. ग   १५. घ


प्रस्तुतीः

 सुमन खड्का


यस अघिका श्रृंखला हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस ।

http://www.prasashan.com/category/loksewa/


 

Tags :
प्रतिक्रिया दिनुहोस