पाइपबाट घरघरमा ग्यास : विराटनगर पुगेर ओलीले गरे उद्घाटन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाइपबाट घरघरमा ग्यास : विराटनगर पुगेर ओलीले गरे उद्घाटन


५ भाद्र २०७५, मंगलबार


विराटनगर । विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो बायोग्यास प्लान्टकोको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले विराटनगरको श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको बायोग्यास प्लान्टको आज उद्घाटन गरेका हुन् । २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट पहिलो चरणमा ३२ घरमा ग्यास पाइपलाइन जडान गरी वितरण गरिएको छ ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले बायोग्यास प्लान्ट सानो क्षमताको भएपनि उर्जामा आत्मनिर्भर भएको उल्लेख गर्दै मुलुकभर विस्तार गर्नेमा जोड दिए । उनले अब ग्यास सिलिण्डर बोकेर हिड्नु नपर्ने भन्दै ३२ घरका लागि ग्यास सिलिण्डर अन्त्य भएको र यो अभियानलाई देशैभर विस्तार गर्ने समेत बताए ।

प्रधानमन्त्री ओलीले प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपालले त्यसको अधिकतम उपयोगबाट कसैले नपत्याउने गरी विकासमा ठूलो फड्को मार्न सकिने बताए । बढ्दो व्यापार घाटा कम गर्ने, आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई ओलीले आग्रह गरे।

प्रधामन्त्रीले बायोग्यास प्लाण्टको निरीक्षण गर्नाका साथै प्लाण्ट स्थापना गर्न सहयोग पु¥याउने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरे ।

प्रधानमन्त्री ओलीले अघिल्लो पटकको कार्यकालमा घरघरमा ग्यास लगिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस