संवैधानिक आयोगमा पदाधिकारीको नियुक्तिका लागि सूचना प्रकाशित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संवैधानिक आयोगमा पदाधिकारीको नियुक्तिका लागि सूचना प्रकाशित


प्रशासन विशेष ब्युरो

५ भाद्र २०७५, मंगलबार


सचिव

काठमाडौं । संवैधानिक आयोगमा पदाधिकारीको नियुक्तिका लागि सूचना प्रकाशित गरिएको छ ।

संवैधानिक परिषद्को सचिवालयले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने कार्यका लागि सूचना प्रकाशित गरेको हो ।

हेर्नुहोस् सूचना

योग्यता पुगेका उम्मेदवारले सूचना जारी भएको ७ दिनभित्र संवैधानिक परिषदमा आवेदन दिन सकिने छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका लागि उम्मेद्वार माग गरिएको छ ।

उम्मेदवारहरुले अनलाइनमार्फत् आवेदन दिनसक्ने छन् । अनलाइनमार्फत आवदेन दिनका लागि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा गएर संवैधानिक परिषद्को लिंकमा गई आफूले चाहेको पदमा दरखास्त आह्वान गर्न सकिने परिषद् सचिवालयले जनाएको छ।

फाराममा उल्लिखित सम्पूर्ण विवरणहरू नेपाली युनिकोडमा टाइप गरी अनलाइनबाट मात्र पठाउनु पर्नेछ भने अनलाइनभन्दा बाहेक अन्य जुनसुकै तरिकाबाट प्राप्त हुन आएका फारामहरू स्वीकार नगरिने संवैधानिक परिषदको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस