काठमाडौंमा ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन रोक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौंमा ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन रोक


५ भाद्र २०७५, मंगलबार


काठमाडौं । काठमाडौं उपत्यकाभित्र ठूलो आवाज निकाल्ने मोटरसाइकल गुडाउन कडाइ गरिएको छ ।

ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्यस्ता मोटरसाइकलमा कडाइ गरेको हो ।

ठूलो आवाज निकाल्ने मोटरसाइकलकाकारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषणसमेत हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले बताए ।

चर्को आवाज निकाल्दै कुदाउने त्यस्ता मोटरसाइकलका कारण अपाँग, शसक्त तथा विरामीहरुलाई मात्र होइन, हिँडिरहेका तथा घरभित्र बसेका मानिसहरुसमेत तर्सिने गरेकाले नियन्त्रण आवश्यक रहेको पन्तको भनाई छ । ढ्यारढ्यार र ढुरढुर गर्दै ओभर स्पिडमा चलाउँदा सडक दुर्घटनासमेत बढेको उनको भनाई छ ।

हाल दैनिक पचासौं मोटरसाइकल कारवाहीमा पर्ने गरेको र यसरी समातिएका मध्य कम्पनीबाटै ठूलो आवाज भएकालाई चलाउन नै रोक लगाउने र मोडिफाइन गरेर ठूलो आवाज आउने बनाएकालाई पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर छोड्न गरेको एसएसपी पन्तले जानकारी दिए ।

ठूला आवाज निकाल्ने मोटरसाइकलमा ३ सय ५० सीसीदेखि ८ सय सीसीसम्मका डुकाटी, क्रसफायर, बुलेट, आरएक्स, बेनेली लगायतका रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस