सुरेन्द्रले तीजमा ल्याए बेङलोरको साडी (भिडियो) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुरेन्द्रले तीजमा ल्याए बेङलोरको साडी (भिडियो)


४ भाद्र २०७५, सोमबार


कैलाली । गायक सुरेन्द्र संगमले गीजको सांगीतिक कोसेली यसपालिको तीजमा बेङलोरको साडी बोलको गीत बजारमा ल्याएका छन् । उक्त गीतमा संगमलाई गायीका गौरी भट्टले साथ दिएकी छन् ।

चेतन ताम्राकारको लय र बिजय थापाको एरेन्ज रहेको गीतलाई बिषेश डिजिटलले बजारमा ल्याएको हो ।

विगत ४ वर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत संगमले कानैमा झुम्का, धनगढी थर्काउँछु, तहल्का मच्चाउँछु, जैनोली रोयो लगायतका गीत बजारमा ल्याइसकेका छन् ।

डोटीको शिखर नगरपालिका–९ जैनोलिमा जन्मेका संगम हाल धनगढीलाई कर्मथलो बनायर बसेका छन् । उनले आफुले स्रोताको औषी माया पाइरहेकाले आगामी दिनमा पनि यसै क्षेत्रमा क्रियाशिल रहने बताएका छन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस