सामाजिक सञ्जालको कारोबारमा कर लगाउन विकास समितिको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामाजिक सञ्जालको कारोबारमा कर लगाउन विकास समितिको निर्देशन


४ भाद्र २०७५, सोमबार


काठमाडौं । सामाजिक सञ्जालमा ठूलो आर्थिक कारोबार भइरहेको भन्दै करको दायरामा ल्याउन संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ।

फेसबुक, ट्विटर, इन्स्टाग्राम एवं गुगलबाट भइरहेको अवैध कारोबारमार्फत करोडौं रूपैयाँ बाहिर गएको निष्कर्ष निकाल्दै त्यसलार्इ करको दायरामा ल्याउनका लागि प्रक्रिया थाल्न निर्देशन दिएको हो।

बैठकले फोर जी कभरेज विस्तार, नेपाल टेलिकममा सुधार, गुणस्तरीय सेवा प्रवाह एवं रणनीतिक साझेदार सम्बन्धमा भएका कामहरुको विस्तृत विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन संचार मन्त्रालयलाई निर्देशन दिएको छ।

अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या र हालसम्मको प्रगति विवरण, नेपाल टेलिभिजन, रेडियो नेपाललाई एकीकृत गरी सञ्चालन गर्ने सम्बन्धमा भएको कार्य प्रगति, प्रतिलिपि अधिकार एवं रोयल्टी वितरण सम्बन्धमा देखिएका समस्या समाधान गर्न गरिएका प्रयासहरु, सार्वजनिक उपभोगका संरचनाहरुमा निशुल्क वाईफाई उपलब्ध गराउन भएका कार्यहरु उपलब्ध गराउन समितिले भनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस