फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा मृत भेटिए « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा मृत भेटिए


४ भाद्र २०७५, सोमबार


काठमाडौं । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा मृत भेटिएका छन् । उनी बबरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन् ।

घर बाहिरबाट ताला लगाएको अवस्थामा शव फेला परेको र धारिलो हतियार प्रयोग गरी हत्या भएको देखिएको छ।

झा बसेको कोठा बिहान सम्म नखुले पछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले ढोका खोल्दा झा मृत भेटिएका थिए ।

८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।

परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’  राजदूत हुने पहिलो व्यक्ति हुन्।

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको  ।

Tags :
प्रतिक्रिया दिनुहोस