लागूऔषध ईन्जेक्सनसहित एक पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लागूऔषध ईन्जेक्सनसहित एक पक्राउ


१ भाद्र २०७५, शुक्रबार


काठमाडौं । लागूऔधष ईन्जेक्सनसहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरीकार्यालय पर्साका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको मकवानपुर गोठदमार बस्ने श्यामलाल विश्वकर्माको छोरा २८ वर्षीय जितबहादुर विश्वकर्मालाई लागूऔषध र ईन्जेक्सनसहित पक्राउ गरिएको छ ।

उनको साथबाट लागु औषध ईन्जेक्सन फेनारगन १५ पिस, डाईजील्याब १५ पिस र नुर्फिन १५ पिस फेला परेको जनाएको छ ।

पक्राउ परेका  विश्वकर्मालाई लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस