नयाँ मुलुकी ऐनको विरोध : सिंहदरबार अगाडि नांगै प्रदर्शन गर्ने युवा प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नयाँ मुलुकी ऐनको विरोध : सिंहदरबार अगाडि नांगै प्रदर्शन गर्ने युवा प्रहरी नियन्त्रणमा


१ भाद्र २०७५, शुक्रबार


मुलुकी ऐनको विरोध

काठमाडौं । नयाँ मुलुकी ऐनको विरोध गर्दै सिंहदरवारको दक्षिणी गेटअगाडि नांगो प्रदर्शन गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेको भन्दै महानगरीय प्रहरी वृत्त, सिंहदरवारले झापाका जितिन लिम्बुलाई पक्राउ गरेको हो । लिम्बु नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । उनले ‘जनावर सबै एक हुन्’, ‘नयाँ मुलुकी ऐन संशोधन गर’, ‘राष्ट्रिय जनावर बदली गर’ लगायत लेखिएको प्लेकार्डले आफ्नो यौनांग छोपेका थिए ।

लिम्बुलाई हिरासतमा राखिएको वृत्तका प्रमुख तथा डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस