मालीको राष्ट्रपतिमा केइटा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मालीको राष्ट्रपतिमा केइटा


१ भाद्र २०७५, शुक्रबार


माली । मालीको राष्ट्रपतिमा इब्राहिम बाउबाकर केइटा पुनः निर्वाचित भएका छन् । उनी थप एक कार्यकालका लागि निर्वाचित भएका हुन् ।

आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उनी पुनः निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

विदेशी पर्यबेक्षकहरुको कडा निगरानीकाबीच भएको निर्वाचनबाट ७३ बर्षीय केइटाले ६७.१७ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन् ।

गत आइतबार भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी तथा पूर्व अर्थमन्त्री सौमैला सिसेले ३२.८३ प्रतिशत मत ल्याएका छन् ।

सन् २०१३ मा पनि केइटासँग प्रतिस्पर्धा गरेका ६८ बर्षीय सिसेले त्यतिबेला ३४.५ प्रतिशत मत पाएका थिए ।

भूपरिवेष्ठित मुलुक मालीमा झण्डै २० प्रकारका आदीवासीहरूको मुख्य बसोबास रहेको छ । उनीहरूबीचमा द्वन्द्वपनि रहेको छ ।  द्वन्द्वहरूमा पनि यस बर्ष मात्रै सयौँ मानिसको मृत्यु भएको थियो । निर्वाचनका बेला द्वन्द्वको विषयलाई नै विपक्षीहरूले मुख्य मुद्दा बनाएका थिए ।

निर्वाचनमा पराजित भएको प्रतिपक्षी समूहहरूले भने नतिजा अस्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम विश्वसनीय नभएको विपक्षीहरुको दावी छ । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस