अठार पटक ग्रामी अवार्ड विजयी गायिका अरिथा फ्रान्कलिनको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अठार पटक ग्रामी अवार्ड विजयी गायिका अरिथा फ्रान्कलिनको निधन


१ भाद्र २०७५, शुक्रबार


काठमाडौं । अठार पटकसम्म ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको निधन भएको छ ।

अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा उनको ७६ वर्षको उमेरमा निधन भएको जनाइएको छ । उनी पेटको क्यान्सरबाट पीडित थिइन् ।

 गायिका अरिथा फ्रान्कलिनलाई “क्वीन अफ सौल (आत्माकी रानी)” नामले पनि चिनिन्छ । उनी शास्त्रीय संगीत र जनताका गीत गायनमा दख्खल थिइन् ।

प्रतिक्रिया दिनुहोस