साउदी, जापान र कोरियामा सीधा उडान भर्दै निगमका वाइडबडी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साउदी, जापान र कोरियामा सीधा उडान भर्दै निगमका वाइडबडी


३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । नेपाल वायुसेवा निगमको दुई नयाँ वाइडबडीले साउदी, जापान र कोरियामा सीधा उडान भर्नै प्रक्रिया तिव्र पारेको छ ।

नेपाल वायुसेवा निगमका अनुसार निगमले कोरियामा ग्लोबल सेल्स एजेन्ट नियुक्ति गरिसेकेको र जापनमा पनि प्रक्रिया अघि बढेको जनाएको छ ।

अहिले भने वाइडबडीलाई निगमकै पुराना गन्तब्यहरुमा उडाइँदैछ ।

नयाँ तीनवटै गन्तब्यमा उडान अनुमति लिने प्रक्रिया पनि अघि बढिसकेकाले निकट भविष्यमै वाइडबडीले उडान थाल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस